एनआइसीमा नसकेपछि एनएमबीको एटिएमबाट दुईबाकस पैसा चोरी

कास्की | साउन ५, २०७९

एनआइसीमा नसकेपछि एनएमबीको एटिएमबाट दुईबाकस पैसा चोरी

पोखरा:  पोखरा महानगरपालिका २६ अर्घौचोकस्थित रहेको एनएमबी बैंकको एटिएमबाट पैसा चोरी भएको छ ।

 

कास्की प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीका अनुसार गत बुधबार बिहान पौने २ बजे एटिएम भित्रको दुइवटा पैसाको बाकस चारी भएको हो । फरार व्यक्तिको खोजिकार्य तिव्र पारेको बताउदै तिवारीले भने, ‘अनुसन्धान भइरहेको छ ।’

 

प्रहरी स्रोतका अनुसार उक्त एटिएममा बैंकले १५ लाख राखेको थियो भने सो मध्ये केही रकम सेवाग्राहीले झिकेका थिए भने बाँकी रकम अज्ञात व्यक्तिले लगेको बताइएको छ । 

 

कास्की प्रहरीका अनुसार एटिएमको बाकस अघौंचोकपछाडी रहेको बिचारी चौतारीमा फेला परेको थियो । ‘बैंकको सिसिटिभी फुटेज हेर्दा अचम्मै छ । केही समयमै झिकेर लगेको देखिन्छ, एक प्रहरी अधिकारीले भने,  ‘त्यसमा केही बल प्रयोग गरेको र तोडफोड गरेको देखिदैंन ।’

 

उनका अनुसार उक्त घटना रातको २ बजे भएपनि प्रहरीलाई सुचना बिहान ७ बजे मात्रै आएको थियो । 

 

तर यसअघि सोही व्यक्तिले तालचोकस्थित रहेको एनआइसी एसिया बैंकको एटिएममा चोरी गर्ने प्रयास गरेका थिए । बैंकबाट तत्काल प्रहरीलाई खबर गरेपछि ३ मिनेटमै प्रहरी पुगेको थियो  । त्यसपश्चात बुलेट मोटरसाइकरलमा रहेको व्यक्त फरार भएका थिए ।

 

त्यसको केही समयपश्चात एनएमबी बैंकको एटिएमबाट पैसा चोरी भएको थियो । तर प्रहरीलाई भने भोलिपल्ट मात्रै सुचना पुगेको कास्की प्रहरीले बताइएको छ ।

 

सो घटनाको विषयमा सबैचोक र बैंकको सिसिटिभिी फुटेज संकलन र संकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइ सोधपुछ गरिरहेको इलाका प्रहरी कार्यालय डाँडाकोनाकले जनाएको छ । गतहप्ता पोखरा ८ न्यूरोडस्थित एनआइसी एसया बैंकको एटिएम फोड्ने सिताराम पुन पक्राउ परिसकेका छन् ।


 

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्